थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

१८ माघ २०७८, मंगलवार १७:१३

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ७७६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा र ६ हजार ८९८ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७४ हजार ६५३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*