हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१८ माघ २०७८, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार देखिएको छ । यस साताको पहिलो दिन १०५ अंकले बढेको नेप्सेमा सोमबार १४ अंकको गिरावट आएको थियो । आज फेरी शेयर बजारमा १९ अंकले बृद्धि भएर हरियाली छाएको छ ।

नेप्सेमा सूचीकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच हुँदा ६अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम बढ्न पुगेको छ । ६ अर्बमाथिको कारोबार हुँदा सर्वााधिक नेशनल हाइड्रोपावरको भएको छ । कम्पनीको आज ३९ करोड १ लाख ४१ हजार ७०१ रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज ७.५० प्रतिशतले बृद्धि भएसँगै लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरेका हुन् ।

त्यस्तै दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख, अपि पावरको ३५ करोड ७ लाख, अपर तामाकोशीको ३४ करोड र एचआइडिसिएलको ३० करोड भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*