विद्युत बिक्री आम्दानी बढेपनि दिव्यश्वरी हाइड्रोपावर १५ लाख ५६ हजार नोक्सानीमा

१८ माघ २०७८, मंगलवार १२:४३

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षका दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको नोक्सानमा गएको छ ।

पुस मासन्तसम्मको अवधिमा कम्पनीले १५ लाख ५६ हजार नोक्सानका रहेको छ । गत वर्ष यसै अवधिमा कम्पनी १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । समिक्षा अवधिमा कम्पनीको बिद्युत बिक्री आन्दानी भने बढेको छ ।

गत वर्ष यसै अवधिमा ४ करोड १९ लाख रुपैयाँ बिद्युत बिक्री आन्दानी गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइपूग्दा २०.२८ प्रतिशतले बढेर ५ करोड ४ लाख ६२ हजार रुपैयाँ पुराएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ५९ पैसा ऋणात्मक र प्रति शेयर नेटवर्थ २१ रुपैयाँ १६ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*