आँधिखोला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास

१८ माघ २०७८, मंगलवार १२:३९

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६।६९५ धेरै हो ।

गत वर्ष यस कम्पनीले १ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी पनि १५।१५५ ले बढेको छ । गत वर्ष ३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको आँधिखोलाले यो त्रैमासमा बढाएर ३ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीको सञ्चालन नाफा भने ५।५३५ ले घटेर २ करोड १४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले २ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल यसको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ करोड ५३ लाख रहेको छ ।

त्यस्तै, कम्पनीको खराब कर्जा ४।३१५ रहेको छ । गत वर्ष यसको खराब कर्जा ४।४०५ रहेको थियो । यसको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २६ पैसा ९बार्षिक० रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३५ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*