आँधिखोला लघुवित्तको खुद नाफा ३६ प्रतिशले वृद्धि, जगेडा कोषमा साढे ८ करोड संचित

१७ माघ २०७८, सोमबार १२:०७

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ८० लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३६.६८ प्रतिशत वृद्धि गरी २ करोड ४६ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिसम्ममा कम्पनीको खुद ब्याजमा सुधार देखिएको छ भने संचालन नाफामा भने सामान्य गिरावट आएको छ । समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १५.१४ प्रतिशतले वृद्धि भइ ३ करोड ९९ लाख ४७ हजार रुपैया पुगेको छ भने संचालन नाफा ५.५३ प्रतिशतले घटेर २ करोड १४ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको कम्पनीले जगेडा कोष आकार बढाएर ८ करोड ५३ लाख ५६ हजार रुपैयाँ संचित गर्न सफल भएको छ भने निक्षेप संकलनमा पनि सुधार आई ४२ करोड २८ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासम्मको अवधिमा कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ पुगेको छ भने कम्पनीको वार्षिकी प्रति शेयर आम्दानी ४९.२६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८५.३६ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*