एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

१७ माघ २०७८, सोमबार ११:०५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र खरिदका लागि आवेदन दिने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ । माघ ३ गतेदेखि बिक्रीमा आएको ऋणपत्रमा छिटो अवधि माघ ६ गते गरेकोमा आवेदन नपरेपछि ढिलो अवधि माघ १७ गतेसम्म बिक्री खुला गरिएको हो ।

बैंकले एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ नामको प्रतिकित्ता १ हजार अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमा ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारण र बाँकी १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*