नेप्सेमा उछाल आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१६ माघ २०७८, आईतवार १५:२३

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा छलाङ छाएको छ । आइतबार नेप्से १०५.५५ अकंले वृद्धि भएको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से उच्च अकंले वृद्धि हुदाँ समेत कारोबार भने ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँमा खुम्चिएको छ ।

शेयर बजारमा उछाल आएपनि केही कम्पनीको शेयरमूल्य भने घट्न पुगेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा मञ्जु श्री फाइनान्सको डिबेञ्चर रहेको छ । डिबेञ्चरको आज ३.२३ प्रतिशतले घटेको हो ।

त्यस्तै, एनआइसी एशिया सेलेक्ट फण्डको २.२३ प्रतिशत, मेगा म्यचुअल फण्डको १.९३ प्रतिशत, सानिमा लर्जा क्याप फण्डको १.९० प्रतिशत, एनआइबिएल समृद्धि फण्डको १.३६ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ०.९३ प्रतिशत र आरबिबि म्यचुअल फण्डको ०.६६ प्रतिशतले घटेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*