१६ कम्पनीद्धारा बीमाको लाईसेन्स माग्दै बीमा समितिमा निवेदन दर्ता, अझै दर्ता हुने क्रम जारी

१६ माघ २०७८, आईतवार १४:४०

काठमाडौं । बीमा समितिले जीवन, निर्जीवन र लघु बीमाको नयाँ लाइसेन्स दिने तयारी गरेसंगै आवेदन दिनेहरुको क्रम बढेको छ । अहिलेसम्म करिब डेढ दर्जन कम्पनीहरुले नयाँ लाइसेन्सको लागि प्रस्ताव बुझाएको बीमा समितिले जनाएको छ । बीमा समितिले त्यसरी आएका नयाँ कम्पनीहरुको फाइल दर्ता गर्ने गरेको बुझिएको छ ।

बीमा समितिका अनुसार समितिमा हालसम्म डेढ दर्जन कम्पनीहरुले जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीको लाइसेन्सको लागि प्रस्ताव पेश गरेका छन् । जसमा ९ वटा कम्पनीले निर्जीवन बीमा, ३ वटाले लघु बीमा र ४ वटाले जीवन बीमाको लागि प्रस्ताव पेश गरेका छन् ।

बीमा समितिमा मुक्तिनाथ जनरल इन्स्योरेन्स कम्पनी, महालक्ष्मी जनरल इन्स्योरेन्स कम्पनी, अन्नपूर्ण जनरल इन्स्योरेन्स, रिलायबल जनरल इन्स्योरेन्स, मनकामना जनरल इन्स्योरेन्स, अभियान जनरल इन्स्योरेन्स कम्पनी र उपकार जनरलले बीमा समितिमा आवेदन दिईसेकेका छन् । जीवन बीममा युनि लाइफ इन्स्योरेन्स कम्पनी, स्टाण्डर्ड लाइफ, उपकार लाइफ र वायोनेट लाइफले बीमा समितिमा संचालनका लागि स्वीकृत मागेको छ ।

लघुबीमाबाट अभियान लघुबीमा, माछापुच्छे लघुबीमा, हव माईक्रोफाइनान्सले आवेदन दिएका छन् । समितिका अनुसार व्यक्तिको नाममा समेत लघुबीमामा आवेदन दिएको पाईएको छ ।

नयाँ कम्पनी जीवन र निर्जीवन कम्पनीको चुक्ता पुँजी ५ अर्ब र साढे २ अर्ब तय भएपछि संचालनमा भईरहेका कम्पनीको के हुन्छ भन्ने आम चाँसो छ । यद्दपी सञ्चालनमा रहेका कम्पनीहरुलाई पनि नयाँकै जति कायम गरिने र त्यसको लागि हकप्रद भन्दा पनि मर्जरलाई नै प्राथमिकतामा राखिने अध्यक्ष सिलवालको भनाई छ । अहिले जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब र निर्जीवनको एक अर्ब रुपैयाँ छ । पुनर्बीमाको पनि १० अर्ब रुपैयाँ नै तोकिएको छ ।

नयाँ लाइसेन्स वितरणको काम प्रकृयाबाटै हुने र त्यसको लागि बीमा समितिले आब्हान गर्ने समितिले जनाएको छ । जीवन र निर्जीवन बीमा कम्पनी भन्दा पनि बीमा समितिको पहिलो प्राथमिकतामा लघुबीमा कम्पनीको लाइसेन्स खुलाउने रहेको उनले स्पष्ट पारे । प्रारम्भिक चरणको छलफलअनुसार लघुबीमालाई प्रादेशिक स्तरमा केन्द्रिय कार्यलय राखेर तथा कारोबारको सीमा तोकेर उनीहरुको क्षमताअनुसार देशब्यापी रुपमा कारोबार गर्न दिईने छ ।

हाल नेपालमा ४१ वटा बीमा कम्पनी संचालनमा रहेका छन्। जसमा १९ वाट लाइफ, २० वटा ननलाइफ र २ वटा पुनर्बीमा कम्पनी रहेका छन् । जीवन बीमा कम्पनीको लागि बीमा समितिको प्रस्तावमा अर्थमन्त्रालयबाट निर्णय हुन्छ भने निर्जीवन कम्पनीको लाइसेन्स दिने अधिकार बीमा समितिको संचालक समितिलाई छ । लघु बीमाको लाईसेन्स दिने अधिकारी बीमा ऐनमा उल्लेख नगरिएकोले समस्या छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*