एक्सेल डेभलपमेन्ट बैंकद्धारा ३० प्रतिशत हकप्रद शेयर डिम्याट खातामा जम्मा गर्न सुरु

१६ माघ २०७८, आईतवार ११:१२

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गर्न सुरु गरेको छ । बैकले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री गरेको उक्त हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा माघ ४ गते सूचीकृत गराए पश्चात सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि असोज १ गते एक दिनका लागि बुक क्लोज गरको हुदाँ भदौ ३१ गतेसम्म कायम शेयधनीहरुलेको हितग्राही खातामा मात्र शेयर जम्मा गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*