कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंक नियुक्त  

१४ माघ २०७८, शुक्रबार १४:२२

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले १ सय रुपैयाँ अकिंत गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड लाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी समझदारीमा कालिन्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*