बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय

१४ माघ २०७८, शुक्रबार १४:०९

बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपियाँ जरीवाना गर्ने निर्णय गरेको छ ।

बीमा समितिले संस्थागत सुशासन विपरित माथिल्लो तहमा अयोग्य व्यक्तिलाई नियुक्त गरे बापत १० हजार रुपैयाँ र सञ्चालक समिति मातहत गठन गरिएको उप समिति संस्थागत सुशासन विपरित भएकोले १० हजार गरी कूल २० हजार रुपैयाँ जरिवना तिर्न निर्देशन दिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कं. लि. ले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएको बीमा समितिले जनाएको छ ।

यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफ इन्स्योरेन्स कं. लि. का विभिन्न १४ वटा समिति-उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति-उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कं. लि. लाई रु. १०,०००/- (दश हजार रुपियाँ) जरीवाना गर्ने निर्णय गरेको गरिएको बीमा समितिले आज जनाएको छ ।

One thought on “बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय

  1. कृष्ण प्रसाद आचार्य says:

    जरिवाना त भयो,, जरिवाना ले उन्मुक्ति दिएर फेरि पदस्थापन गरायो कि? पदमुक्त गरायो त?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*