एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा हुने स्थान परिवर्तन

१४ माघ २०७८, शुक्रबार १२:१८

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । कम्पनीको माघ १३ गेत बसेको संचालक समितिको बैंठकले माघ २१ गते शुक्रबार कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी तय गरेको हो ।

यस अघि भने कम्पनीको रजिष्टर्ड कार्यालय रहेको वीरगंज महानगरको होटल लर्ड्स प्लाजामा संचालन हुने गरी बोलाएको थियो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ १२ गतेदेखि माघ २१ गतेसम्म बुक क्लोज गरेको हुदाँ माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

साधारण सभामा हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९० हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित हुँदैछ । सो प्रस्ताव पारित भएपछि कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब ५१ करोड हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*