जानकी फाइनान्सको साधारण सभा फागुन ७ गते, कहिले हुँदैछ बुकक्लोज ?

१४ माघ २०७८, शुक्रबार ११:१२

काठमाडौं । जानकी फाइनान्सले २५ औं वार्षिक साधारण सभा फागुन ७ गतेका लागि बोलाएको छ । फाइनान्सले होटल मानकी इन्टरनेशनल प्राली शिवचौक जनकपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र नाफा नोक्साल लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्य सूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ २४ गतेदेखि फागुन ६ गते एक दिनको लागि बुक क्लोज गर्ने भएकाले माघ २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभाश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*