नेप्सेमा सामान्य बृद्धि हुँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१३ माघ २०७८, बिहीबार १५:२५

काठमाडौं । यससाता लगातार गिरावट आएको शेयरबजारमा आज झिनो अंकको बृद्धि भएको छ । साताको चौथो दिन राताम्य भएको नेप्से आज भने ३.२९ अकंले वृद्धि भएको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच भएको छ । नेप्से झिनो अकंले बढ्दा कारोबार भने ३ अर्ब २४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँमा सिमित भएको छ ।

आज नेप्से सामान्य अकंले वृद्धि भइ कारोबार ३ अर्बमा खुम्चिदा सप्तकोशी डेभलपमेन्ट बैंक सवार्धिक गुमाउने कम्पनी बन्न पुगेको छ । कम्पनीको आज ४.१४ प्रतिशतले घटेको हो ।

त्यस्तै, यूनाइटेड आइडिआइ मर्दी आरबि हाइड्रोपावरको ३.९० प्रतिशत, नबिल इक्वाटी फण्डको २.९६ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको २.७६ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको २.७३ प्रतिशत र घलेम्दी हाइड्रोको २.११ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*