दुई कम्पनीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

१३ माघ २०७८, बिहीबार १५:२२

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से झिनो अकंले बढेको छ । बुधबार ३८ अकंले घटेर राताम्य भएको नेप्सेमा बिहिबार भने सामान्य सुधार आएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच हुदाँ कारोबार भने ३ अर्ब २४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँमा सिमित भएको छ ।

आज नेप्सेमा सामान्य सुधार आएको भए पनि कारोबार भने खुम्चिएको छ । बिहिबार २ कम्पनीको शेयरमा सर्किट लागेको छ । विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, सिइडिबि हाइड्रोपावर डेभलपमेन्टको ८.७२ प्रतिशत, अजोड इन्स्योरेन्सको ७.२८ प्रतिशत, एनआरएन इन्फेक्चर एण्ड डेभलपमेन्टको ७.१६ प्रतिशत र पोखरा फाइनान्सको ५.२० प्रतिशतले बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*