१ अर्ब ३८ करोड चुक्तापूँजी रहेको डिप्रोक्स लघुवित्तको खुद नाफा झण्डै साढे ३३ करोड

१३ माघ २०७८, बिहीबार १३:०६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

कम्पनीले पुष मसान्तसम्ममा ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ३.२३ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी पनि प्रसंशनीय रुपमा बृद्धि भएको छ । गत आवको यसै अवधिसम्ममा संस्थाले ६६ करोड १४ लाख ९१ हजार रुपैयाँबाट ७.७९ प्रतिशतले बढेर खुद ब्याज आम्दानी यस अवधिमा ७१ करोड ३० लाख १८ हजार रुपैयाँ पुगेको छ ।

साथै संचालन मुनाफा गत आवमा ९२ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेकोमा यस आवमा ४७ करोड २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी सामान्य बृद्धि र गत आवमा ऋणात्मक रहेको संचालन मुनाफा यस आवको पुष मसान्तसम्मा धनात्मक हुन पुग्दा कम्पनीको नाफामा सुधार आएको हो ।

खुद ब्याज आम्दानी र खुद नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समिक्षा अवधिसम्ममा घट्न पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २४ पैसा घटेर ४८ रुपैयाँ २१ पैसा रहेको छ ।

कम्पनीको समिक्षा अवधिसम्ममा चुक्तापूँजी १ अर्बबाट बृद्धि भएर १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ पुगेकोमा संस्थाले जगेडा कोषमा १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । कम्पनीले चुक्तापूँजीअनुसारको नाफामा बृद्धि गर्न नसक्दा प्रतिशेयर आम्दानी घट्न पुगेको हो ।

साथै पुष मसान्तसम्ममा संस्थाको सापटी १०.४३ प्रतिशत, निक्षेप २७.८२ प्रतिशत र कर्जा २३.४७ प्रतिशत बढेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६७ गुणा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*