मिर्मिरे लघुवित्तको खुद नाफा सवा १२ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार

१२ माघ २०७८, बुधबार ११:११

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा आकर्षक सुधार गरेको छ ।

दोस्रो त्रैमासम्ममा कम्पनीको खुद नाफा ६१.८७ प्रतिशतले बढेर १२ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिसम्ममा संस्थाले ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार आएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५८.७१ प्रतिशतले बढेर २८ करोड ४५ लाख रुपैयाँ र संचालन नाफा ६१.८७ प्रतिशतले बढेर १९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी १७ करोड ९२ लाख रुपैयाँ र संचालन मुनाफा ११ करोड ९२ लाख ७२ हजार रहेको थियो । कम्पनीले चालु आवको दोस्रो त्रैमासम्ममा खुद ब्याज आम्दानी र संचालन मुनाफामा उत्कृष्ट सुधार गरेसँगै कम्पनीको खुद नाफामा बृद्धि भएको हो ।

त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेकोमा संस्थाले जगेडा कोषमा ४४ करोड ८४ लाख ३२ हजार रुपैयाँ संचित गरेको छ । साथै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ९१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ७ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*