नेप्सेमा उच्च गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१० माघ २०७८, सोमबार १५:२१

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा भारि गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकको गिरावट आएको नेप्सेमा आज १०० अंकको गिरावट आएका छ । उच्च गिरावट आएतापनि कारोबार भने उत्साहजनक नै देखिएको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँको कारोबार भएको छ ।

नेपाली शेयरबजारमा आज उच्च गिरावट आउँदा सर्वाधिक कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य घट्न पुगेको छ । बैंकको आज ७.८२ प्रतिशत अर्थात ३७ रुपैयाँले शेयरमूल्य घट्न पुगेको हो ।

साथै अन्य सर्वाधिक गुमाउने कम्पनीहरुमा माउन्टेन हाइड्रो नेपालको ७.७१ प्रतिशत, आशा लघुवित्तको ७.१० प्रतिशत, ओरियन्ट होटलको ७.०९ प्रतिशत र सामलिङ पावरको ६.८८ प्रतिशतले घट्न पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*