भारतमा भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भन्दा कति जोखिम ?

१० माघ २०७८, सोमबार १३:०४

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । विश्वभर ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेकोमा भारतमा ‘बिए–२’ भेरियन्ट पुष्टि भएको हो ।

भारतको मध्य प्रदेशस्थित इंदौरानमा ओमिक्रोनकै नयाँ भेरियन्ट ‘बिए–२’ पुष्टि भएको हो । उक्त शहरमा १६ जनामा सो भेरियन्ट पुुष्टि भएको हो ।

भारतसँगै बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यस्तो संक्रमण पाइएको छ । ओमिक्रोन भेरियन्ट जस्तै यो ‘बिए–२’ भेरियन्ट पनि छिट्टै फैलिने देखिएको छ ।

यस नयाँ भेरियन्टको लक्षण ओमिक्रोनको जस्तै छ । कोरोनाका सबै भेरियन्टहरुमा अनुसन्धान गरिरहेका युनिभर्सिटी अफ जेनेभाका निर्देशक फ्लाहल्टका अनुसार नयाँ भेरियन्ट ‘बिए–२’ सँग डराउने भन्दा पनि सतर्क हुन आवश्यक छ । यस नयाँ भेरियन्ट ओमिक्रोन जस्तै चाँडै सर्ने संक्रामक रहेको छ । अहिलेसम्म यो कतिसम्मको भयानक छ भन्ने पत्ता लागिसकेको छैन । (एजेन्सी)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*