चालु आवको दोस्रो त्रैमाससम्ममा नेपाल बैंकको खुद नाफा झण्डै साढे १ अर्ब

१० माघ २०७८, सोमबार ११:२७

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकले खुद नाफामा प्रशंसनिय बृद्धि गर्न सफल भएको छ ।

बैंकले पुष मसान्तसम्ममा १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन गत आवको तुलनामा ४.७० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी समेत बढ्न पुगेको छ । खुद ब्याज आम्दानी बढ्न पुग्दा कम्पनीको खुद नाफा बृद्धि हुन पुगेको हो । गत आवमा २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, खुद ब्याज आम्दानी बढेतापनि बैंकको संचालन मुनाफा भने गत आवको तुलनामा २५ प्रतिशतले घटेर १ अर्ब ६८ करोड ५९ लाख ५६ हजार रुपँैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७ करोड ५६ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको चुक्तापूँजी १२ अर्बबाट बृद्धि भई १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ पुगेकोमा बैंकको जगेडा कोषमा १७ अर्ब ४६ करोड ९६ लाख संचित रहेको छ । त्यस्तै, बैंकको वार्षिकी प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*