नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राधिका शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि
९ माघ २०७८, आईतवार १३:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । ओली बालकोटस्थित निवासमा आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको उनले बताए ।