सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

९ माघ २०७८, आईतवार ११:३७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा आज ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोलामा ९३ हजार ८ सय रुपैंयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*