त्रिवि र लोकसेवा आयोगको परीक्षा स्थगित

६ माघ २०७८, बिहीबार १८:१४

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहिबार बसेको बैंठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविकाले शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहेने छन् । त्रिविले माघ १० गते तीन वर्षे एलएलबीको तेस्रो वर्षको र माघ १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।
साथै लोक सेवा आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

देशभर कोरोना संक्रमण दर बढेपछि लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोगले परीक्षा स्थगित गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*