नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

६ माघ २०७८, बिहीबार १५:२५

काठमाडौं । बिहिबार नेप्से फेरी उकालो लागेको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच भएको हो ।

आज नेप्से ३२.९६ अकंले वृद्धि हुदाँ समेत कारोबार ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँमा सीमित हुन पुगेको छ । अघिल्लो दिन नेप्से ३८ अकंले घट्दा समेत कारोबार भने ६ अर्ब माथि भएको थियो ।

आज ३ वटा कम्पनीको शेयरमा सर्किट लाग्दा केही कम्पनीका लगानीकर्ताले भने गुमाउन पुगेका छन् । आज सर्वाधिक गुमाउने कम्पनीमा आइसीएफसी फाइनान्सको डिबेञ्चर रहेको छ । कम्पनीको आज ४.३९ प्रतिशतले घटेको हो ।

त्यस्तै, बोटलर्स नेपालको १.८४ प्रतिशत, एनएमबि हाइब्रिड फण्डको १.६१ प्रतिशत, नयाँ सारथी लघुुवित्तको १.६० प्रतिशत र सिटिजन म्युचुअल फण्डको १.५४ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*