नेप्से ३२ अंकले बढ्दा ५ अर्बमा खुम्चियो कारोबार

६ माघ २०७८, बिहीबार १५:२१

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः हरियाली छाएको छ । यस साताको अघिल्लो दुई दिन हरियाली र दुईदिन गिरावट आएको नेप्से परिसूचक आज ३२ अंकले बढ्न पुगेको छ ।

आज नेप्से परिसूचक ३२ दशमलव ९६ अंक अर्थात् १.१४ प्रतिशतले बृद्धि भएर २९३१ विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा पछिल्लो केही दिनयता घटबढ देखिएको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको २ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।

यस साताको पहिलो दिन ९ अर्बसम्मको कारोबार भएको नेप्सेमा आज ५ अर्बमा कारोबार खुम्चिन पुगेको छ । त्यस्तै अघिल्लो दुई दिन नेप्सेमा गिरावट आएतापनि कारोबार ६ अर्बमाथि नै रहेको थियो ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार हुने कमपनीमा आइएमई जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीको आज एकैदिन २२करोड २० लाख ५३ हजार ४१६ रुपैयाँको कारोबार भएको छ । कम्पनीले हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृती पाएसँगै लगानीकर्ताहरु उक्त कम्पनीमा झुम्मिएका हुन् ।

त्यस्तै, आज मैलुङ खोला हाइड्रोपावर, तेह्रथुम पावर र बुद्धभूमि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*