आरएमडीसी लघुवित्तद्धारा नगद लाभांश वितरण

६ माघ २०७८, बिहीबार ११:२६

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष को मुनाफाबाट वितरण गर्ने निर्णय गरेको नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।
कम्पनीको पुस ३० गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो सो ५ प्रतिशत नगद शेयरमा लाग्ने कर वापतको रकम कटाएर बाँकी लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरिएको जानकारी कम्पनीले दिएको छ ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिनेछ । नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने हुँदा हालसम्म बैंक खाता अद्यावधिक नगरेका शेयरधनीहरुलाई यथासिघ्र गराउन समेत कम्पनीले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*