एभरेष्ट बैंकको ऋणपत्रमा कति पर्यो आवेदन ?

५ माघ २०७८, बुधबार १८:२४

एभरेष्ट बैंकको ऋणपत्रमा १२ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ३ गते देखि जारी भएको बैंकको ऋणपत्रमा पाँच दिनमै सो मात्राको आवेदन परेको सीडीएस एण्ड क्लियरिङ्गले जनाएको छ ।

बैंकले गत माघ ३ गतेदेखि एभरेष्ट बैंक डिबेन्चर २०८६ नामक ऋणपत्र जारी गरिरहेको छ । जसमा हालसम्म अर्थात माघ ५ गते अपरान्ह ४ बजेसम्ममा २ हजार ३९२ जना आवेदकले १ लाख २१ हजार ६६९ थान ऋणपत्रको लागि आवेदन दिएका सीडीएस एण्ड क्लियरिङ्गले जनाएको छ ।

बैंकले माघ ३ गतेदेखि एक हजार रुपैयाँ दरको २० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*