नेशनल माइक्रोफाइनान्स लघुवित्तको आठौं वार्षिक साधारण आज

६ माघ २०७८, बिहीबार ०६:१०

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण आज बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ४० दशमलव बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै, सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने कार्य सूचि रहेको छ ।

सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*