फेरी सुन तोलामा १ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

५ माघ २०७८, बुधबार ११:४३

काठमाडौं । नेपाली बजारमा आज पनि सुन सामान्यले वृद्धि भएको छ । सोमबार र मंगलबार पनि १ सय रुपैयाँले बढेको सुन बुधबार पनि सोही मूल्यले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*