ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बिस्तार

५ माघ २०७८, बुधबार ११:३५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा १० टाखेल स्थित शाखा कार्यालय चापागाउँमा शुभारम्भ गरेको हो ।

उक्त शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेको बैंकिङ सेवा सुविधा सहज र सरल रुपमा प्रदान गर्ने बैंकले जनाएको छ । थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल देशभर २५८ शाखा कार्यालय र २४१ वटा एटिएम मार्फत बैंकिङ सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*