सामलिङ पावर सहित यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

४ माघ २०७८, मंगलवार १५:२१

काठमाडौं । साताको पहिलो र दोस्रो दिन छरियाली छाएको नेप्सेमा साताको तेस्रो दिन मंगलबार भने १०.७८ अकंले घट्न पुगेको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ माथि भएको हो ।

नेप्से आज १० अकंले घट्दा समेत कारोबार भने उत्साहजन नै रहेको छ । आज कारोबार करिब साढे ८ अर्ब पुग्दा सामलिङ पावरको सर्किट लेभलमा कारोबार भएको हो । कम्पनीको आज ९.४९ प्रतिशतले बृद्धि भएको हो ।

त्यस्तै, दोस्रो बजारमा आएदेखि सर्किट लाग्दै आएको मध्यभोटेकोशीको भने ८.११ प्रतिशत, पहिलो दिन कारोबार आएको बुद्धभुमि नेपाल हाइड्रोपावरको ६.०८ प्रतिशतले बढेको हो । त्यस्तै, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*