नेप्से १० अंकले घट्दा ८ अर्बमाथिको शेयर कारोबार

४ माघ २०७८, मंगलवार १५:१७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले घटेको छ । यस साता दुई दिन लगातार हरियाली छाएको शेयर बजारमा आज गिरावट आएको हो ।

नेप्से परिसूचक आज १० दशमलव ७८ अंकले घटेर २९३६ दशमलव ६६ विन्दुमा कायम भएको छ । देश आर्थिक संकटको अवस्थामा रहेको शेयर बजार अर्थात् पूँजीकरण लगातार जिडिपी भन्दा माथि बढ्नुले जोखिम हुन सक्ने शेयर बजार विश्लेषकहरुले अनुमान लगाएका थिए ।

आज पूँजीबजारमा झिनो अंकको गिरावट हुँदा २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, कारोबार रकम भने ८ अर्बमाथि सीमित हुन पुगेको छ । केही साताअघिको तथ्याङ्कअनुसार हेर्नुपर्दा कारोबार बढ्न पुगेको हो तर यस साताको पहिलो दिन आइतबार कारोबार ९ अर्बमाथि पुगेको थियो ।

आज कारोबार खुम्चिएर सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज २८ करोड ११ लाख ३९ हजार १३१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै आज सर्वाधिक कमाउने कम्पनीमा सामलिङ पावर रहेको छ । कम्पनीको आज ९.४९ प्रतिशतले बढेको छ भने, निरन्तर सर्किट लागेको मध्यभोटेकोशीको शेयर ८.११ प्रतिशतले मात्र बढ्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*