अपि पावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

४ माघ २०७८, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा गिरावट आएको छ । साताको दुई दिन बढोत्तरी भएको शेयर बजार आज घट्न पुगेको छ ।

नेप्सेसमा सुचीकृत २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

केही दिन यता हरिायाली छाएको नेप्से आज १०.७८ अंकले घट्न पुगेको छ । आज नेप्से परिसूचक सोही अंकले घटेर २९३६ को विन्दुमा कायम भएको छ । झिनो अंकले घटेतापनि आज ८ अर्बमाथिको कारोबार हुन सफल भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज २८ करोड ११ लाख ३९ हजार १३१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको २५ करोड ७१ लाख, एनटिसिको २५ करोड १९ लाख, आइएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*