सिडिएससीले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द, अन्य सेवा सुचारु हुने

४ माघ २०७८, मंगलवार १२:४६

काठमाडौं। सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ । कोरोना संक्रमण बढ्दै गएसँगै कर्मचारीहरुमा संक्रमण उच्च देखिएको कारण हाललाई उक्त सेवा बन्द गर्ने निर्णय गरेको सिडिएससीले जनाएको छ । हाललाई सिडिएससीले ले माघ ११ गते सम्मको लागि यो सेवा बन्द गराएको हो ।

कम्पनीमा कार्यरत अधिकांश कर्मचारी कोरोना संक्रमित भएकाले संस्थाले चेन ब्रेकका लागि उक्त सेवा बन्द गराएको हो ।
साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाको लागि कम्पनीले क्षमायाचना गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*