कामना सेवा विकास बैंकको खुद नाफा ३४ करोड माथि, अन्य सूचक कस्तो ?

४ माघ २०७८, मंगलवार १२:०६

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्मको वित्तीय विवरण प्रकाशित गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको हो ।

सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा भने घट्न पुगेको छ । बैंकले यस अवधिमा ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ११.८९ प्रतिशतले कमि हो । गत आवको यसै अवधिमा बैंकले ३९ करोड रुपैयाँ खुद नाफा संकलन गरेको थियो ।

त्यस्तै, बैंकले खुद ब्याज आम्दानी र संचालन मुनाफा भने बृद्धि गर्न सफल भएको छ । यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ३१.३३ प्रतिशत र संचालन मुनाफाm ४१.५१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेतापनि गैर संचालन आम्दानी नभएको कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।

दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घट्न पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तो आम्दानी गत आवको सोही अवधिमा २९ रुपैयाँ ४२ पैसा रहेको थियो । त्यस्तै, यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा बैंकको चुक्तापूँजी १८.५० प्रतिशतले बृद्धि भई ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोष भने १२.५१ प्रतिशतले घटेर १ अर्ब ३ करोड ७८ लाख पुगेको छ जुन गत आवमा बैंकको १ अर्ब १८ करोड ६२ लाख जगेडा कोषमा संचित रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*