नेपालको पुँजी बजारको पुँजीकरणले जिडिपीलाई उछिन्यो

३ माघ २०७८, सोमबार १४:५९

काठमाडौं । नेपालको धितोपत्र बजार ‘ओभर भ्याल्यूड’ भएको छ । कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन, शेयर बजारमा संस्थागत लगानीकर्ता र ब्यापारिक क्षेत्रको समेत लगानी थपिँदा बजार ‘ओभर भ्यालुड’ भएको हो ।

धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको भने समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिने गरिन्छ ।त्यस्तै ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझन सकिन्छ ।त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

नेप्सेको तथ्याङ्क अनुसार बजार पुँजीकरण ४१ खर्ब नाघेको छ । नेप्सेका अनुसार नेप्सेमा बजार पूँजीकरणसमेत ४१ खर्ब ३४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) भन्दा बजार पुँजीकरण रहेको तथ्याङ्कले देखाएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्य सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकारनेपालको जिडिपी ४१ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ ।

यसअघिको नेप्से अलटाइम हाई गत डिसेम्बर २ तारिखमा कुल बजार पूँजीकरण २७ खर्ब ७५ अर्ब रुपैयाँ बढी थियो भने हिजो बुधबार पनि बजार पूँजीकरण २७ खर्ब ७५ अर्ब रुपैयाँ बढी थियो ।

कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन, शेयर बजारमा ब्यापारिक क्षेत्रको लगानी र बैंकिङ्ग प्रणालीमा कायम भएको अधिक तरलताका कारण लगानीको क्षेत्र शेयर बजार पर्दा धितोपत्रको कुल बजार पूँजीकरण देशकै कुल ग्राहस्थ उत्पादनभन्दा धेरै पुगेको हो ।
अर्थतन्त्रको विपरित गतिमा निरन्तर बढीरहेको धितोपत्र बजार हालसम्मकै ठूलो भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डको १० कित्ते नीतिले पनि बजारको आकार बढ्नमा थप मद्दत गरेको छ ।

धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो । नेप्से परिसूचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।

नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

नेपालको पूँजीबजार पछिल्लो केही दिनयता क्रमिक रुपमा उकालोतर्फ बढिरहेको छ । आर्थिक संकटको बावजुत पनि नेपालको शेयर बजार बढिरहेको छ ।
पूँजीबजारमा जिडिपी भन्दा कम रहेको पूँजीकरणलाई कम जोखिम मान्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*