बुद्धभूमि हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कति पाउला ओपनिङ रेञ्ज ?

२ माघ २०७८, आईतवार १८:३५

काठमाडौं । बुद्धभूमि हाइड्रोपावरको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ४० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँका दरले कायम भएको ४० लाख कित्ता आइपीओ बीएनएचसी सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेष्को ८ लाख कित्ता आयोजना प्रभावित बासिन्दाका लागि ४ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता शेयर जम्मा गरी ४० लाख कित्ता आज सूचीकृत भएको हो ।

सो सूचीकृत पश्चात उक्त शेयर नेप्सेमा भोलि (माघ ३) गतेदेखि नै कारोबारमा आउने छ । कम्पनीले पहिलो कारोबारको लागि ८२ रुपैयाँ ५ पैसादेखि २५२ रुपैयाँ १५ पैसासम्म पाउने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*