३ कम्पनीको शेयरमा लाग्यो सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२ माघ २०७८, आईतवार १५:२२

काठमाडौं । साताको पहिलो दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । नेप्से आज ६९ अकंले उकालो लागेको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ माथिको कारोबार भएको हो ।

शेयरबजारमा हरियाली छाउँदा आज ३ कम्पनीको शेयरमा सर्किट लागेको छ । स्टान्र्डड चार्टस बैंक, मध्य भोटेकोशी जलविद्युत र किसान लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, हिमालयन डिस्टलरीको ८.९६ प्रतिशत, सिन्धु विकास बैंकको ८.७९ प्रतिशत, सिभिल बैंकको ७.६९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ७.६८ प्रतिशत र मन्जुश्री फाइनान्सको ७.६५ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*