हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२ माघ २०७८, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल देखिएको छ । केही दिनयता नेपालको अर्थतन्त्र नहसनहस हुँदा पनि शेयर बजारमा भने हरियाली छाएको छ ।

आज नेप्से ६९ अंकले बृद्धि भएर २९ सयको विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।

भदौ महिनायता कारोबार रकम ५ अर्बभन्दा तल सीमित हुँदा आज ९ अर्बमाथिको कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको आज एकैदिन ३२ करोड ४६ लाख ५९ हजार ३१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावरको २७ करोड ६५ लाख, अपर तामाकोशीको २६ करोड १९ लाख, शिवम् सिमेन्ट्सको २३ करोड ८१ लाख र निफ्राको २३ करोड ७२ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

share

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*