एनआईसी एशिया बैंक र वल्ड रेमिट बीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी

२ माघ २०७८, आईतवार १३:३२

काठमाडौं । विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र लल्ठ रेमिट बीच रणनीतिक साझेदारी भैरहेकोमा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत लल्ठ रेमिट मार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच साझेदारी भएको छ ।

यसबाट मलेसियामा बस्दै आउनुभएका नेपाली महानुभावहरूले बिना झन्झट लल्ठ रेमिट को एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नुहुनेछ । यसका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ ।

ग्राहकहरुले रेमिट एपका अलावा यसको वेबसाइटमा गन लग इन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ । साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*