कृषि विकास बैंकको विदेशी मुद्राको बचत तथा मुद्दति खाता संचालनमा

२ माघ २०७८, आईतवार १३:१५

काठमाडौं । कृषि विकास बैंकले गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दति खाता संचालनमा ल्याएको छ । माघ ७ हुन गइरहेको बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा उक्त खाताको शुभारम्भ गरेको हो ।

अनलाइनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीसँगै अब विदेशमा रहेका नेपालीहरुले अनलाइनबाट खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शून्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्ने सक्नेछन् । उक्त खाता बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक,सुरक्षित र सरल रहेको एवं खाता खोल्नका लागि बेंकको वेबसाइटबाट खोल्ने सक्ने ब्यवस्था रहेको बैकले जनाएको छ ।

विदेशी मुद्राको मुद्दति खातामा ५.५ प्रतिशत र बचत खातामा ४.७५ प्रतिशत ब्याज दिन सकिने बैंकले प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*