मेगा बैंकको २५ औं एक्सटेन्सन काउन्टर जनकपुरमा

२ माघ २०७८, आईतवार १२:४३

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले २५ औं एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बैंकले धनुषा जिल्लाको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको हो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले गरेका हुन ।

बिस्तारित शाखा कार्यालय मार्फत अस्पतालका सबैं सेवाको आर्थिक कारोबार मार्फत हुने भएकाले बिरामीलाई सहज हुनुका साथै अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास बैंकले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*