ग्रीनलाइफ हाइड्रोपावरको साधारण सभा माघ २१ गते, कहिले हुँदैछ बुकक्लोज ?

२ माघ २०७८, आईतवार १२:४०

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा तथा साधारण सभा प्रयोजन शेयरनधी दर्ता किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ ।कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले सभा माघ २१ गते आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वासलात तथा असार मसान्त्तसम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका सम्बन्धित अनुसूची छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षकमा नियुक्त भएका छितिज शर्मा एण्ड एशोसियट्सका लेखापरीक्षक छितिज शर्माको नियुक्ति तथा पाश्रिमिक अनुमोदन गर्ने र संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट २ जना संचालक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष ४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*