सिभिल र सिद्धार्थ बैंकद्धारा लेखापरीक्षक नियुक्त

२ माघ २०७८, आईतवार ११:५२

काठमाडौं । दुई वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको छ । सिभिल बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो ।

सिभिल बैंकको पुष ३० गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट चालु आवको लागि बाह्य लेखापरीक्षकमा एनबिएसएम एण्ड एशोसियट्सलाई नियुक्त गरेको छ ।

साथै सिद्धार्थ बैंकले आफ्नो पुष ३० गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट चालु आवको लागि लेखापरीक्षकमा जिपि राजबाहक एण्ड कम्पनीलाई नियुक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*