साताको पहिलो दिन सुन तोलामा ३ सयले घट्यो

२ माघ २०७८, आईतवार ११:३१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । गत साता लगातार उकालो लागेको सुन यो साताको पहिलो दिन आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*