महालक्ष्मी विकास बैंक र मोडर्न रेमिट्यान्सबीच सम्झौता

२ माघ २०७८, आईतवार ११:२८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मोडर्न रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा दिने उद्देश्यले दुईपक्षबीच उक्त सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरेका हुन । समझदारी पश्चात ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा विभिन्न स्थानमा रकमान्तरका लागि बैंकका १०३ शाखामार्फत प्राप्त गर्न सक्नेछन् ।

बैंकले रेमिट्यान्सबाट आएको रकमलाई थप १ प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*