फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा भगवती चौधरी

२ माघ २०७८, आईतवार ११:१६

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ ।

कम्पनीको पुष ३० गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट गरी ६ जना संचालक समिति गठन भएको हो ।

कम्पनीको नयाँ संचालकमा संस्थापक शेयरधनीको तर्फबाट भगवती चौधरी, राजकुमारी तब्दार, आशुतोष शर्मा सापकोटा र केशव राज पौडेल चयन भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने बलराम चौधरी र जगत जंग जि.सी. दुई जना चयन भएका छन् ।

साथै पुष ३० गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा भगवती चौधरीलाई सर्वसम्मत चयन गरेको छ ।

साथै कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षको कार्य गर्न लेखापरीक्षकमा किन्जल एण्ड एशोसियट्स, विराटनगर फर्म।कम्पनीलाई नियुक्त गरेको छ ।

One thought on “फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा भगवती चौधरी

  1. Surendar kr. Shah says:

    Its good. I hope its better

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*