आँधिखोला र धौलागिरी लघुवित्तको मर्जर भाँडियो

२ माघ २०७८, आईतवार ०९:३९

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बिग मर्जर भाँडिएपछि अन्य साना बैंक तथा वित्तीय संस्थाको मर्जर पनि भाँडिन थालेको छ । स्याङ्जाको आँधिखोला लघुवित्त वित्तीय संस्था र बागलुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाबीच मर्जर भाँडिएको छ ।

गत शुक्रबार सम्पन्न भएको आँधिखोला लघुवित्तको बार्षिक साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेसँग भाँडिएको हो । सो बार्षिक साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष नरेश केसीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनलाई सभाले छलफलसहित पारित गरेको छ । सभाले २० प्रतिशत बोनस सेयर स्वीकृत गरेको छ । यसका लागि राष्ट्र बैंकको स्वीकृति लिइने छ ।

अन्य सबै प्रस्तावहरु पारित गरेको भएपनि मर्जरमा जाने प्रस्ताव भने अस्वीकृत भएसँगै भाँडिएको हो । सभापछिको बैठकले नरेश केसीलाई नै पुनः अध्यक्ष चयन गरेको छ । आँधिखोला लघुवित्तले दुई प्रदेशका ११ जिल्लामा १९ कार्यालयमार्फत कारोबार गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*