युनिक नेपाल र घोडीघोडा लघुवित्तको आजदेखि एकीकृत कारोबार सुरु

३० पुष २०७८, शुक्रबार १४:०७

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुष ३०) गतेबाट एकीकृत कारोबार सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यताप्राप्त लुम्बिनी प्रदेश बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त र कञ्चनपुर जिल्ला श्रीपुर बेलौरी नगरपालिका वडा नं. ४ बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्तले क्रमशः असोज ८ गते र असोज १६ गते छुट्टाछुट्टै वार्षिक साधारण सभाबाट मर्जर प्रक्रिया प्रस्ताव पारित गरेको थियो ।

दुई लघुवित्त एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने प्रक्रियालाई नेपाल राष्ट्र बैंकले मंसिर २९ गते स्वीकृति प्रदान गरेको थियो । सो अनुसार यी दुई लघुवित्तले आजदेखि एकीकृत रुपमा कारोबार गर्न लागेको हो ।

पुष २० गतेको कम्पनी रजिष्ट्रारको कार्यालयको पत्रबाट मर्जर हुने घोडीघोडा लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्त गर्ने संस्था युनिक नेपाल लघुवित्तको नामबाट शुक्रबारदेखि एकीकृत रुपमा कारोबार गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*