गुडविल र मन्जुश्री फाइनान्सद्धारा लेखापरीक्षक नियुक्त

३० पुष २०७८, शुक्रबार १२:२८

काठमाडौं । दुई फाइनान्स कम्पनीले लेखापरीक्षक नियुक्त गरेको छ । गुडविल फाइनान्स लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडले चालु आवको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो ।

गुडविल फाइनान्सको पुष २९ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षकमा बिआर एस न्यौपाने एण्ड कम्पनीको पार्टनगर ज्ञानेन्द्र बहादुर भारीलाई निजको पारिश्रमिक २ लाख २५ हजार रुपैयाँ (भ्याट समेत) तोकेर नियुक्त गरेको हो ।

साथै मन्जुश्री फाइनान्सको पुष २९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षकमा पि एल आर जि एशोसियट्स चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*